Ads

आज माघ ८ गते आइतबार, तपाईको दैनिक राशिफल


श्री शाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ ८ गते आइतबार तद्अनुसार सन् २०२३ जनवरी २२ तारिख माघ शुक्ल पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र ७ः४९ पर श्रवण नक्षत्र बज्र योग किंस्तुघ्न करण आनन्दादिमा मुशल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहला । काठमाण्डौमा सूर्योदय बिहान ६ः५७ मा भयो र सूर्यास्त साँझ १७ः३५ बजे हुनेछ । श्रीवल्लभ जयन्ती, सोनम ल्होसार ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
दाजुभाई तथा छिमेकिबाट सहयोग तथा उपाहार प्राप्तिको योग रहेकोछ । आफन्त तथा मनपर्ने साथीका साथ छोटो,रमाईलो तथा अर्थपूर्ण यात्रा हुने हुनाले मन प्रशन्न रहनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछ भने सत्रु परास्त हुनेछन् । खोज तथा अनुशन्धानको क्षेत्रबाट सकारात्मक नतिजा निकाल्न प्रशस्त समय खर्चनु पर्नेछ । आफूलाई मन पर्ने भौतिक सम्पती जोड्न पाउदा मन हर्सित हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहँदा नचाहँदै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आर्थिक रुपमा कमजोर हुँदा दैनिक आवश्यक्ताहरु परिपूर्ती गर्न सकिनेछैन । राजनीति तथा समाजसेवामा जनताको कमजोर सहभागिता रहनेछ । आफन्त तथा साथी भाईहरुको सहयोग नपाईदा मन खिन्न हुनेछ । मायाप्रेममा एक अर्कालाई अबिश्वास बढ्नाले केहि समयको लागी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा परिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानी हुने छैन।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
कामको सवालमा विशिष्ट व्यक्तीहरुसँग भेटघाट हुनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ व्यावसायमा लगानी गरी आर्थिक रुपमा सुदृड हुन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगमा राम्रा काम गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट भनेजस्तो आम्दानी हुनेछ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा लगानी गर्न केहि समय पर्खनु राम्रो रहेकोछ भने विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछैन भने अल्छि गर्नाले अन्य कामहरु प्नि बिग्रनेछ । प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहँदा नचाहँदै टाडिनु पर्दा मनमा नरमाइलो लाग्नेछ । स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेकोछ सचेत रहनुहोला।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पति पत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा बिशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्वन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकै हरुबाट धोका हुनेछ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
लामो दुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पती हात लागी हुने योग रहेकोछ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने थोरै मिहिनेतले प्रशस्त लाभ लिन सकिनेछ । वादविवाद तथा प्रतिस्पर्धामा तपार्ईँकै जित हुने तथा सत्रु परास्त हुनेछन् । न्यायालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् । प्रेममा सामिप्यता बढेर जानेछ । पुरानो रोग तथा स्वास्थ्य सम्वन्धी समस्या हल भएर जानेछ । बिद्यामा गरेको लगानीबाट राम्रै प्रतिफल पाइने योग रहेकोछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
पढाइ लेखाइमा अरुभन्दा अगाडी तपार्ईँको नाम आउदा मन प्रशन्न रहनेछ । माया प्रेमको गाठो मजबुत भएर जानेछ भने दाम्पत्य जीवनमा थप खुसीयाली छाउनेछ । आफन्तका साथ मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्ने हुनाले विलासी जीवन यापन गर्न सकिनेछ । पति पत्नीका साथ रमाईलो व्यावसायीक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सवारी साधन तथा भौतिक सम्पती जोड्ने योग रहेको छ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
घरजग्गा तथा सवारी साधनको खरिद बिक्री गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोषजनक प्रगती भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ । आमा तथा आमा सरहका मानिससँग मनमुटाव बढ्नेछ । विश्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । वाहिरी वातावरणसँग जुध्न नसक्दा छाती सम्वन्धी समस्या आउन सक्छ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रयन्न गर्दा बिभिन्न अवसरहरू प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पती तथा विलाशी वस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बोलिको प्रभाव बढ्ने हुनाले महत्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पति पत्नी तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ।

Ads

सम्बन्धित पोष्टहरू