काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । सोमबारको कारोबार मूल्यको तुलनामा आज एकै दिन १ हजार रुपैयाँले मूल्य बढ्दा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ३०० रुपैयाँ छ । गएको फागुनमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५ सय कायम भइ नयाँ रेकर्ड बनेको थियो । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ५ हजार ८०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।
पछिल्लो समय निरन्तर बढ्ने क्रममा आइतबार २०० ले घटेको सुनको मूल्य हिजो र आज भने बढेको हो । विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्य तोलामा १ हजार ३६५ रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्