काठमाडौँ । नेपालको पश्चिमी क्षेत्र बाजुराको मेला केन्द्र विन्दु भएर मंगलबार दिउँसो शक्तिशाली भूकम्प गएको छ । आज दिउँसो करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्प गएको हो ।
भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको भारतीय मिडियाहरुले जनाएका छन् । दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तराखण्डका धेरै ठाउँमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्