काठमाडौँ, । बाजुराको गौमुल गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको भुकम्पले पहिरो फुट्दा गौमुल गाउँपालिका वडा नम्बर २ की जमुरा रोकायाको मृत्यु भएको हो ।
गाउँपमालिका हेल्थ असिस्टेन्ट हरिश विकले दिएको जनाकारी अनुसार भुकम्प गएको बेला पहिरो पुटेको थियो । त्यहिँ पहिरोको ढुङ्गा लागेर जमुनाको मृत्यु भएको हो ।
उनका अनुसार भुकम्पका कारण गौमुल गाउँपालिकाका केहि स्थानीय घाईते धएका छन् भने, सबै वडाका केहि घरहरु भत्कायका छन् । सक्त घाईतेहरुको उपचार भईरहेको छ ।
त्यस्तै पहिरो फुटेर वडा नम्बर १ मा अन्दाजि ५०–६० भेडा भाख्रा मरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले जनाकारी दिए । उनका अनुसार स्थानियको सहयोगमा उद्दार भईरहेको छ ।
बाजुराको हिमाली गाउँपालिका र हुम्लाको ताजाकोट गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मैला केन्द्रबिन्दु बनाएर गएको भुकम्पले बाजुारमा धेरै क्षति पु¥याएको छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा गएको ५ दशमलव ९ म्याग्निच्युडको भुकम्पले बाजुरामा केही घर भत्किएको प्रारम्भिक विवरण प्राप्त भएको छ । केहिको विवरण आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्