काठमाडौं । नेपाली बजारमा मंगलबार अहिलेसम्मकै उच्च रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने तोलामा १ सयले घटेको छ । सोमबारको कारोबार मूल्यको तुलनामा मंगलबार एकै दिन १ हजार रुपैयाँले मूल्य बढेर नयाँ रेकर्ड कायम भएकोमा आज भने थोरै घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार २०० रुपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ५ हजार ७०० रुपैयाँ छ । आज चाँदीको मूल्य भने स्थिर रही तोलामा १ हजार ३६५ रुपैयाँ नै कायण्म भएको छ ।
प्रतिक्रिया दिनुहोस्