Ads

उपप्रधान तथा गृहमन्त्री लामिछानेको मुद्धामा आज सुनुवाइ हुँदै


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी विवादको मुद्धामा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको संवैधानिक इजलासमा उनको मुद्धाको सुनपुवाइ हुन लागेको हो । आज हुन लागेको सुनुवाइमा यसअघिका न्यायाधीशको हेरफेर भएको छ ।

यसअघिको सुनुवाइमा रहेका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा यथावत् रहेका छन् भने यसअघि २२ पुसको सुनुवाइमा बिदामा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अहिले संवैधानिक इजलासमा छन् । प्रकाशमानसिंह राउत भो संवैधानिक इजलासबाट हटेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू