Ads

आत्मदाह गरेका आचार्यले उठाएका विषय छानबिन गर्न गृहमन्त्रीको संयोजक्त्वमा समिति गठन


काठमाडौं । हिजो मंगलवार नयाँ बानेश्वरको संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गर्न सरकारले छानबिन समिति गठन गरेको छ । सरकारले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संयोजक्त्वमा छानबिन समितिको गठन गठन गरेको हो ।

स्रोतका अनुसार गृहले छानबिन गरेर आवश्यक कदम चाल्ने बताइएको छ ।  । साथै छानबिनबाट आएका निष्कर्षमाथि आवश्यक कारबाही सुरु गरिनेछ ।

मंगलबार दिउँसो बानेश्वरको संसद् भवन अगाडि शरीरमा पेट्रोल छर्केर इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय आचार्यले आत्मदाहको प्रयास गरेका थिए । उनको बुधबार बिहान उपचारका क्रममा निधन भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू