काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड बनाएको छ । बुधबारको कारोबार मूल्यको तुलनामा आज एकै दिन ७ सय रुपैयाँले मूल्य बढ्दा नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ९०० रुपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ६ हजार ४०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।
आज चाँदीको मूल्य तोलामा १ हजार ३८० रुपैयाँ छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो ।
प्रतिक्रिया दिनुहोस्