Ads

रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध


रुकुम । रुकुम (पूर्व) मा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । वर्षा र हिमपातका कारण तीन दिनदेखि अवरुद्ध भएको विद्युत् अझै सुचारु हुनसकेको छैन् । विद्युत् सेवा अवरुद्ध हुँदा नागरिक समस्यामा परेका छन् ।

सल्यान र रुकुम (पश्चिम)को बिचमा फल्ट हुँदा विद्युत् अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुम(पूर्व)ले जनाएको छ ।विद्युत् सुचारु गर्न निरन्तर काम भइरहेको केन्द्रका प्रमुख सुरेस चौधरीले जानकारी दिए ।

विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गर्न, बत्ती बाल्न, विद्युतीय काम गर्न समस्या हुनुका साथै सरकारी तथा गैरसरकारी कार्यालयमा पनि समस्या भएको रुकुमकोट जिल्ला अदालतकी निर्मला शर्माले बताए ।

 

Ads

सम्बन्धित पोष्टहरू