Ads

चालु वर्षमा विद्युतीय सवारीकाे आयात बढ्यो


काठमाडौँ । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५०.८८ प्रतिशतले विद्युतीय सवारी साधान आयात बढेको भन्सार विभागले जनाएको छ ।

गत वर्ष पहिलो ६ महिनाको अवधिमा ३ अर्ब ५१ करोड ६० लाख २५ हजार रुपैयाँ बराबरको ४ हजार ५४ वटा आयात भएको थियो । चालु आर्थिक वर्ष ५ अर्ब ३० करोड ५० लाख ९ हजार रुपैयाँ बराबरको ५ हजार ५९७ वटा आयात भएको विभागको तथ्यांक छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३७ करोड ५८ लाख ६४ हजार रुपैयाँ बराबरको ३ हजार ८४८ वटा तीन पाग्रें विद्युतिय सवारी साधन आयात भएको छ । सय किलोवाटसम्मको ४ अर्ब ७३ करोड ७८ लाख ७३ हजार रुपैयाँ बराबरको १ हजार ७०८ वटा कार, जिप, भ्यान आयात गरिएको हो ।

सय किलोवाटदेखि २ सय किलोवाटसम्मको १५ करोड ६१ लाख २२ हजार रुपैयाँ बराबरको ३५ वटा कार, जिप भ्यान आयात भएको छ । दुई सय किलोवाट देखि तीनसय किलोवाटसम्मको ३ करोड ५१ लख ५० हजार रुपैयाँ बराबरको ६ वटा ल्याइएको हो ।

गत वर्ष सोही अवधिमा विद्युतीय तीनपाग्रें सवारी साधन २७ करोड २७ लाख ५ हजार रुपैयाँ बराबरको २ हजार ९५१ वटा आयात भएको थियो । १ अर्ब ४ करोड ३१ लख ५५ हजार बराबरको ३९६ वटा सय किलोवाटसम्मको कार, जिप र भ्यान आयात गरिएको छ ।

यस्तै सयदेखि १५० किलोवाटसम्मको ३ करोड ६७ लाख ७१ हजार रुपैयाँ बराबरको १३ वटा र तीन सय किलोवटासम्मको २ करोड ५६ लाख ७९ हजार रुपैैयाँ बराबरको २ वटा कार, जीप र भ्यान आयात गरेको हो ।

Ads

सम्बन्धित पोष्टहरू