काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज तीन घण्टासम्म उडान ठप्प भएको छ । विमानस्थलको वेभसाइटको सर्भर डाउन भएका कारण उडान ठप्प भएको जानकारी प्राप्त भएको छ ।
नेपाल नागरिक उड्ययन प्राधिकरण श्रोतका अनुसार आज दिउँसो १२ बजेदेखि उडान ठप्प भएको थियो । ‘त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटको सर्भर डाउन हुँदा मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको थियो तर अहिले सुचारु भइ सकेको छ ।’- एक अधिकारीले भने ।
केहीबेरअघिदेसिख उडानहरु सुचारु भएको ती अधिकारीले जानकारी दिए । सर्भरमा समस्या आएपछि फ्लाई दुबई, इन्डिगो एयर, एयर इन्डियालगायतका विमानको अन्तर्राष्ट्रिय उडान रोकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्