एजेन्सी
काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल बेटिसमाथि सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई २–१ गोल अन्तरले हराएको हो ।
रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हा र रोबेर्टाे लेवान्डोस्कीले एक–एक गोल गरे ।पहिलो हाफ गोल रहित बराबरी खेलेको बार्सिलोनाले दुबै गोल दोस्रो हाफमा गरेको हो ।
खेलको ६५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । खेलको ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–० गोलको अग्रतासँगै जित नजिक लिए ।
यता रियल बेटिसले खेलको ८५औं मिनेटमा जुलेस कुन्डेको गोलमा खेल २–१ कोृ बनायो । खेलको इन्जुरी समयमा रियल बेटिस १० खेलाडीमा समेटिएको थियो । बेटिसका लागि विलियम कार्भाओले रातोकार्ड खाए ।
जितसँगै बार्सिलोनाले ला लिगामा १९ खेलबाट ५० अंक जोडेको छ । बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहँदै ८ अंको अग्रता पनि लिएको छ । पराजित रियल बेटिस ३१ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्