Ads

सवारी दुर्घटनामा परे घनश्याम भुसाल


काठमाडौं । पूर्वमन्त्री घनश्याम भुसाल सवारी दुर्घटनामा परेका छन् । उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ । नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू