Ads

राष्ट्रियसभा उपाध्यक्षका लागि अर्यालको उम्मेदवारी दर्ता


काठमाडौँ, । राष्ट्रियसभाको उपाध्यक्षका लागि नेकपा(माओवादी केन्द्र)का सांसद उर्मिला अर्यालले मनोनयन दर्ता गराएकी छिन् । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा स्थापना गरिएको केन्द्रमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

अर्यालको प्रस्तावकमा राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ रहनुभएको छ भने समर्थकमा नेकपा (एमाले)का सांसद देवेन्द्र दाहाल र सांसद खिमलाल देवकोटा रहेका छन् । राष्ट्रियसभाको उपाध्यक्षका लागि आज अपराह्न चार बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा निर्धारण गरिएको छ ।

नेपाली काँग्रेसलगायतका अन्य दलले भने उम्मेदवारी नदिने निर्णय आज मात्रै गरेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

 

Ads

सम्बन्धित पोष्टहरू