काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आठ अंकको अग्रता लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ३–० गोलको जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा आठ अंकको अग्रता बनाएको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी आल्बा, जाभी र राफिन्हाले एक–एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गरेको हो । खेलको ५८औं मिनेटमा आल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
खेलको ७०औं मिनेटमा जाभीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । खेलको ७९ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई ३–० गोल अन्तरको जित दिलाए ।जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा २० खेलबाट ५३ अंक जोडको छ । दोस्रो स्थानको रियलको ४५ अंक छ । पराजित सेभिया २१ अंक जोडेर तालिकाको १६औं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्