काठमाडौं । नेपाली बजारमा लगातार दुई दिनसम्म गिरावट आएको सुनको मूल्य सोमबार भने तोलामा ५०० ले बढेको छ । शुक्रबार १ हजार ४०० र आइतबार एकै पटक २ हजारले घटेको सुनको मूल्य सोमबार ५०० ले बढेको हो । बिहीबार तोलामै १ लाख ७ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबारदेखि दुई दिनसम्म घटेको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४ हजार ६०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३२० रुपैयाँ रहेको छ । आइतबारको तुलनामा चाँदीको मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया दिनुहोस्