नीलबाराही भक्तपुरको उत्तरी भेगमा पर्ने एक प्रसिद्ध मन्दिर हो ।
भक्तपुर । भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिका बोडेमा आफ्नै पहिचान बोकेको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य नीलबाराहीको मन्दिर रहेको छ । नेपालमा पूजा उपाशना हुने अन्य प्रकारका बाराही सरह नै नीलबाराही पनि तान्त्रिक देवी हुन्, जसको मन्दिर बोडेमा एउटा सानो ढिस्कामाथि जंगलभित्र निर्माण गरिएको छ ।
यो मन्दिर मध्यपुरथिमी नगरपालिका–९ टिगनीमा रहेको छ । नीलबाराहीको मन्दिर सामान्य देवी मन्दिरको स्वरूपमा गरिएको छ । मन्दिरभित्र एउटा अवंकृत गवाक्ष निर्माण गरी त्यसभित्र नीलबाराहीका रूपमा पुजिने प्राकृतिक प्रस्तर राखिएको छ । नीलबाराहीको छुट्टै मूर्ति नभएर प्राकृतिक प्रस्तरमा यिनको पूजाआजा गरिने भएपनि यस मन्दिर परिसरमा अन्य विभिन्न देवीदेवताका मूर्तिहरू चारैतिर देखिन्छन् ।
नेपाल सरकारले पर्यटकीय सम्भावना भएका १०० स्थानहरुको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । यस अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रर्वद्धन गर्नुपर्ने नयाँ १०० वटा पर्यटकीय गन्तब्यहरुमा यो मन्दिरलाई पनि छनोट गरेको छ ।
आफ्नै मौलिकता र सांस्कृतिक महत्व राखेका नीलबाराही मन्दिर प्रवेशद्वार सँगै रहेको पौराणिक सम्पदा सुसिहिटि बर्षौ देखि पुरिएर पोखरी जस्तै बनी फोहोरले ढाकिएको अवस्थामा रहेकोमा आज यस मध्यपुर थिमी नगरपालिका वडा नं ९ प्रगति टोल निबासी समाजका अग्रज ब्यक्तित्वहरु यसै टोल विकास संस्थाका सल्लाहाकार युवराज लुइँटेल र टोल विकास संस्थाका अध्यक्ष पुरुषोतम हुमागाईंको अगुवाई र टोलबासीहरुको सहयोगमा जमेको पानीको निकास बनाई सफा गर्ने कार्य भएको छ । सम्पदाको संरक्षणमा टोलको तर्फबाट खेलिएको भूमिकाका कारण वर्षौ देखि हराएको पौराणिक धारो र भगवानका मूर्तिहरु देखिएका छन् । उक्त सम्पदालाई सरसफाई गरी व्यवस्थित बनाउने उनीहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्