Ads

जुवातास खेलेकाे आराेपमा आठ जना पक्राउ


भक्तपुर ।  चाँगुनारायण नगरपालिका-७ खरिपाटी कमेरेटोलबाट तास खेलिरहेको अवस्थामा सोही नगरपालिका बागेश्वरी कमेरेटार बस्ने ५८ वर्षीय केशव प्रसाद लामिछानेसहित आठ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

उक्त ठाउँमा तास खेलिरहेको भन्न विशेष सूचानको आधारमा प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद १ लाख ७ हजार ३० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू