काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नागरिक समाजका अगुवाहरुको वैचारिक प्रतिवादमा अनेरास्ववियू लाग्नुपर्ने बताए ।
मंगलबार अनेरास्ववियूको २३ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेकपा एमालेको नेतृत्वमा सरकार हुँदा नागरिक समाजको नाममा सडकमा आन्दोलन हुने गरेको बताए ।
उनले भने, ‘अबको अनेरास्ववियू यथास्थितिवादको पक्षमा रहेका यसप्रकारका नागरिक समाजका अगुवाहरु, जसले समाजको परिवर्तन र विकासलाई रोक्नका लागि भूमिका निर्वाह गर्ने गर्छन् । त्यसकाबिरुद्ध वैचारिक र राजनीतिक रुपमा खडा हुन सक्ने अनेरास्ववियू आजको आवश्यकता हो भन्ने कुरालाई तपाई हामी सबैले बुझ्नु जरुरी छ ।’
उनले बुर्जुवाहरुले सरकारमा बसेर जतिसुकै बर्बादीको काम गरेपनि नागरिक समाज सडकमा नआउने तर एमालेले जनताको हीतको पक्षमा काम गर्दापनि सडकमा आउने गरको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘यो मुलुकमा एउटा बिडम्बनापूर्ण अवस्था छ । त्यसमा अनेरास्ववियू कतै पछाडि प-यो कि ? जतिबेला मुलुकको बुर्जुवाहरु शासनमा हुने गर्छन् । यो समाजका कथित नागरिक समाजका अगुवाहरु सडकमा देखिने गर्दैनन् ।’
एमालेको नेतृत्वमा देश चलेमा कसैले भविष्यको बारेमा चिन्ता लिनु नपर्ने उनले बताए । देशको विकास र समृद्धि एमालेको नेतृत्वबाट मात्रै हुने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्