Ads

ग्यास सिलिण्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी र उनकी आमा गम्भीर घाइते


काठमाडौं । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी घाइते भएकाछन । गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकाछन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएकाछन ।

उनी गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उहाँकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी भएको थियो । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेता भण्डारी गुल्मी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू