काठमाडौं । डिजाइनकर्ता युआरबीले भने जस्तो काम भयो भने दुबई स्थायित्व र कल्याणको लागि नयाँ केन्द्र बन्न सक्छ किनभने दुबइलाई रूपान्तरण गर्नका लागि महत्वाकांक्षी, वातावरणमा केन्द्रित डिजाइनहरूको श्रृंखला प्रस्ताव गरिएको अर्थात ९३ किलोमिटर ९५८ माइलमा फैलिएको ‘इनडोर’ जलवायु नियन्त्रित दिगो सहरी राजमार्ग ।यदि यो बनाइयो भने, ‘द लूप’ संसारको कुनै पनि ठाउँमा सबैभन्दा ‘स्मार्ट’ साइकल चलाउने र दौडने पूर्वाधार हुनेछ ।
युआरबीका सीईओ बहरश बगेरियन भन्छन, ‘यो परियोजनाको लक्ष्य दुबईलाई पैदल वा साइकलमार्फत संसारको सबैभन्दा जोडिएको लामाे सहर बनाउने हो।’यो विशाल संरचना दुबईलाइ वरिपरि जोडनका लागि यसरी डिजाइन गरिएको छ कि त्यहाँका बासिन्दाहरूलाई शहर वरिपरि हिंड्न वा साइकिलिङ गर्न, रूखहरू र बोटबिरुवाहरूले भरिएको काररहित ‘हरियो कोरिडोर’मा सजिलाे गरी रमाइलो गरुन ।
युआरबीले दुबईको मरुभूमिको लागि ठूलो कृषि पर्यटन परियोजना पनि बनाएको छ जुन यस क्षेत्रमा दिगो कृषि, वातावरणीय शिक्षा र हरित पर्यटनको लागि नयाँ ‘बेन्चमार्क’ बन्न सक्छ, यदि यो निर्माण गरियो भने ।’द लूप’बाट अलग, ‘एग्री हब’ ले लगभग ४० हेक्टरमा शिक्षा र अनुसन्धानको लागि होस्ट स्पेसहरू, साथै इको लजहरू, फार्म, पसलहरूऽ फार्म टु टेबल्, रेस्टुरेन्टहरू र क्याफेहरू त्यहाँ निर्माण हुनेछन ।
बागेरियन भन्छन् ‘एग्री हबको भ्रमणले पाहुनाहरूलाई दिगो अभ्यासहरू बुझ्न र थप संलग्न हुन मद्दत गर्नेछ, यसले जनताको मन खोल्छ,’ उनी अगाडी भन्छन्, ‘मानिसहरूले कृषि पर्यटनलाई गलत बुझेका हुन सक्छन् तर तिनीहरू त्यहाँ पुगे पछि यो सोच्छन् कि खेती उपकरणहरू हेर्दै, खेतहरू हेर्दै र फलफूल टिप्न हिडन पाउनुको मज्जा अरु कहाँ पाईन्छ ? यस परियोजनाको साथ हामीले कृषि पर्यटन मोडेललाई उचाईमा पुर्याउने प्रयास गरिरहेका छौं, त्यसैले यसले सबैलाई फाइदा पुर्याउँछ, चाहे तपाईं खुद्रा विक्रेता होस्, चाहे तपाईं किसान हुनुहुन्छ, विशेष गरी यदि तपाईं उपभोक्ता हुनुहुन्छ भने । त्यहाँ सबैका लागि हरियाली अर्थतन्त्रको कुरा हुनेछ ।’
बगिरेनले यसअघि दुबईको ‘द सस्टेनेबल सिटी्’ को फेज २ को डिजाइनको नेतृत्व गरिसकेका छन र हाल यिती, ओमान र अबुधाबीको यास भन्ने टापुमा निर्माणाधीन यस्तै हरित समुदायहरूमा काम गरेको उससँग अनुभव पनि छ।‘पूरै विश्व हरियाली अर्थतन्त्रतर्फ अघि बढिरहेको छ,’ बाघेरियन भन्छन, ‘सबैभन्दा बलियो अर्थतन्त्रहरू ती हुन गइरहेका छन्, जसले यस प्रकारका परियोजनाहरूका साथ सकेसम्म चाँडो सम्भव अवसरलाई सदुपयोग गर्दै दिगोपनतर्फ संक्रमण गर्न सक्षम हुनेछन्।’
एग्री हबको यो संरचना ठूलो स्टिल क्यानोपीको बनाइनेछ र प्रि–कास्ट कंक्रीटले प्यानल लगाइनेछ, जसमा साइटको सञ्चालनबाट कार्बन लागत हुनेछन। युआरबी ले परियोजना शून्य फोहोर र साइटमा यातायात इन्धनरहित हुने लक्ष्य राखेको छ। जैविक फोहोरबाट ऊर्जा उत्पादन गर्न यसको आफ्नै बायोग्याँस प्लान्ट हुनेछ, अरू विकासका भागहरू आंशिक रूपमा भूमिगत हुनेछन – भवनहरू चिसो राख्नका लागि।
दुबईमा ताजा पानीको अभाव भएकोले यो परियोजना जैबिक खेती, जहाँ नुनिलो पानीमा बाली उब्जनी गरिन्छ, र सार्वजनिक क्षेत्रहरूमा सिँचाइ गर्न साइटबाट पुनः प्रयोग गरिएको खैरो पानी प्रयोग गर्न डिजाइन गरिएको हो। यी क्षेत्रहरूमा खडेरीमा पनि सहनशील बोटबिरुवाहरू साथै वर्षा बगैंचा र बायोरटेन्सन क्षेत्रहरू रहनेछन् जसलाई सिँचाइको आवश्यकता पर्दैन र चराहरू र कीराहरूको लागि बासस्थान सिर्जना गर्दछ। ‘द लूप’ जस्तै, एग्री हबलाई सिँचाइको लागि पुनः प्रयोग गरिएको पानी प्रयोग गर्न डिजाइन गरिएको छ र पूर्णतया गति ऊर्जा प्रयोग गरेर संचालित हुन्छन।
युआरबीका अनुसार परियोजनाहरु निजी लगानीकर्ताहरुद्वारा वित्त पोषित हुनेछन र यो हाल कृषि हबको विकासको लागी सबै भन्दा राम्रो साइट स्थापना गर्न सम्भाव्यता अध्ययन गरिरहेको छ । बागेरियनले २०२४ मा नै एग्री हबको निर्माण सुरु हुने आशा राखेका छन्। यदि लूप सञ्चालनमा आयो भने २०४० सम्म दुबईमा साइकल चालक र पैदलमार्गीहरुका लागि तयार हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्