Ads

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ


काठमाडौं । नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ४५ वर्षीय उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा उपेन्द्र पोखरेलसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५२ हजार रुपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू