Ads

कर्पोरेट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


काठमाडौं ।  कर्पोरेट डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्नका लागि सेयरधनीहरुका लागि ८ फागुन अर्थात  सोमबार अन्तिम दिनसम्म समय ताेकिएकाे छ ।

साथै, यस कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनार्थ फागुन १० गते बुक क्लोज गर्नेछ भने  कर्पोरेट डेभलपमेन्ट बैंकले २२ फागुनका लागि  बार्षिक साधारण सभासमेत  बोलाएको छ ।

साधारणा सभामा गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुदैँछ । साधारण सभा बैंकको प्रधान कार्यालय आदर्शनगर, वीरगञ्जमा बिहान ७ः१५ बजेवाट सुरु हुनेछ ।

Ads

सम्बन्धित पोष्टहरू