Ads

कांग्रस नेता डा. भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै


काठमाडौं । अघिल्लो बुधबार आफ्नै निवासमा ग्यास विष्फोटमा परि सख्त घाइते भएर बिहीबार भारतको मुम्बई लगिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ । मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सामाजिक सञ्जाल मार्फत दिएको जानकारी अनुसार डा. भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको हो ।

न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– ‘आज पहिलो पटक दोहोरो संवाद गरेको छु । भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिएको छ ।’न्यापानेले नेता भण्डारीको अन्य स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको अनुहार घटेको पनि उल्लेख गरेका छन् ।

‘कल्चर रिपोर्ट आज आउँदै छ । अन्य स्वास्थ्य पारामिटर नर्मल रहेका छन्,’ न्यौपानेले लेखेका छन्, ‘सुन्निएको अनुहार घटेको छ । स्वास्थ्य सामान्यतर्फ गइरहेको छ ।’अस्पतालले सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाएको थियो । काठमाडौंको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत् मुम्बई लगिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू