काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्ने तयारीमा रहेको सौर्य एयरको जहाजमा समस्या आएपछि फिर्ता भएको छ । सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि धावनमार्ग नजिकै पुगेको जहाज फिर्ता भएको हो ।
विमानस्थलले दिएको जानकारी अनुसार सौर्य एयरलाइन्सको एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो । उड्ने तयारीमा रहेको जहाजको इण्डिकेटरमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता ल्याइएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको बताए । जहाजमा के समस्या देखिएको हो भन्ने चाँहि खुलेको छैन ।
प्रतिक्रिया दिनुहोस्