काठमाडौं । सामुदायिक लघुवित्र वित्तीय संस्थाले लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको फागुन ९ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१.०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थी ११.०५२ प्रतिशत नगद लाभांशदिने भएको छ । यो लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस्