काठमाडौं । नेकपा (एमाले)का एक जिल्ला सदस्य मृत अवस्थामा फेला परेका छन् । एमालेको काठमाडौं जिल्ला सदस्य रहेका पुण्यप्रसाद चौलागाईंलाई शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला पारिएको हो ।
साँखु प्रहरीले दिएको जानकारी अनुसार आज उनलाई सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला पारिएको छ ।सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए ।
२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगरपालिकाको प्रमुखको लागि उम्मेदवार बनेका थिए । उक्त निर्वाचनमा नेपाली कांग्रेसका सन्तोष चालिसे विजयी बनेका थिए ।
चालिसेले ९००९ मतसहित विजय हासिल गर्दा चौलागाईंले ७५९५ मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्