Ads

गोरखा सिरानचोकमा चोरीको आरोपमा दुई जना पक्राउ 


गोरखा । सिरानचोक गाउँपालिका वडा नं.५ छोप्राक बस्ने बर्ष २९ का मनु परियार र सोही ठाउँका बर्ष ३२ का नारायण सुनारलाई पक्राउ गरिएको डिएसपि लिलाराज लामिछानेले बताए ।

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीका प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको टोलीले उनिहरुलाई गाउँबाट नै पक्राउ गरेको हो । गत माघ २२ गते छोप्राक चित्रे क्योरपानीका धनबहादुर भुजेलको घरबाट तामाको ताउलो लगायतका जिन्सी सामान चोरी गरेको अभियोगमा उनिहरु पक्राउ परेका डिएसपि लामिछानेले बताए ।

हिजो पक्राउ परेका  उनिहरु विरुद्ध आज चोरी कसूरमा मुद्धा दर्ता गरी गोरखा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लामा चोरीका घटना बढ्दै गएकाले चोरी नियन्त्रणको लागि छुट्टै प्रहरी टोली परिचालन गरी निगरानी बढाईएको डिएसपि लामिछानेले बताए ।

Ads

सम्बन्धित पोष्टहरू