काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुनः पक्राउ गर्नु नपर्ने फैसला सुनाएको छ । उनलाई विदेश जाने अनुमतिसमेत दिइएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनवाइ भएको थियो ।
विदेश जान लगाइएको रोक फुकुवा गर्न सन्दीपले दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालतको फैसलाविरुद्ध सरकारी पक्षले गरेको पुनरावेदनको एकसाथ सुनवाइ भएको थियो ।
प्रतिक्रिया दिनुहोस्