Ads

सन्दीपको रोक्का राहदानी फुकुवा गर्न सर्वोच्चको आदेश


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई क्रिकेट खेल्नका लागि जुनसुकै देशको भ्रमण गर्न पाउने सर्वोच्च अदालतले फैसला गरेको छ । उच्च अदालत पाटनको फैसला उल्टाउँदै सन्दीपलाई विदेश जाने अनुमतिसमेत दिइएको हो ।

सर्वोच्चका न्यायाधीसद्वय सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गरेको फैसलामा केही शर्त पनि उल्लेख गरिएको छ । जसअनुसार सन्दीप खेल समाप्त भएपछि बाटोको म्यादबाहेक १५ दिनभित्र अदालतमा उपस्थित भएर जानकारी गराउनुपर्ने छ ।

यस शर्तको उल्लंघन गरेको खण्डमा यो सुविधा फिर्ता लिइने जानकारी सन्दीपलाई गराउन पनि अदालतले आदेश दिएको छ । अदालतले सन्दीपको रोक्का गरिएको राहदानी फुकुवा गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू