जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय व्यापार मेलामा चार करोडको कारोबार भएको छ । गत ५ फागुनदेखि १० दिन चलेको सो मेलमा राखिएको ९२ वटा स्टलहरुले करिब चार करोडको व्यापार गरेको उद्योग वाणिज्य संघ जनकपुरका अध्यक्ष जितेन्द्र कुमार महासेठले जानकारि दिए ।
सो मेलामा सोचे जस्तो व्यापार नहुँदा संघलाई ४५ लाख रुपैयाँसम्म घाटा भएको उनले बताए । आयोजक समितिले सोचेजस्तो व्यापार नहुँदा संस्थालाई आर्थिक भार पर्ने गएको उनले बताए ।
स्थानीय उत्पादनलाई प्रचार प्रसारको माध्यमले अन्य ठाउँमा समेत चिनाउने उद्देश्यले आयोजित सो मेलामा नेपाल, भारत, पाकिस्तान र बंगलादेशका व्यापारिहरुले आफ्नो उत्पादनहरुलाई बिक्रीको लागिको लागि स्टल राखेका थिए । मेलाको प्रवर्द्धन उद्योग मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र वृहत्तर क्षेत्र विकास परिषद रहेको थियो भने वित्तीय पार्टन सिटिजन बैंक रहेको थियो ।
मेलामा चार प्रांग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान, लत्ताकपडा, मोटरसाइकल, ट्याक्टर, ईरिक्सा, इलेक्ट्रोनिक साइकल, मिथिला पेन्टिङका समान तथा घरायसी समानहरु बिक्रीका लागि राखिएको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुले पनि मेलामा आफ्नो स्टल राखिएको थियो । जनकपुर नगर क्षेत्र भित्र करिब १२ वटा विभिन्न प्रकार उद्योगहरु सञ्चालन हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्