Ads

प्रदेश १ को नाम अब ‘कोशी प्रदेश’ राख्ने तयारी


विराटनगर । प्रदेश नं १ को नाम कोशी हुने भएको छ । आज बस्ने प्रदेशसभाको बैठकले कोशी नामलाई अन्तिम रूप दिने गरी दलहरू सहमत भएका छन् ।

स्थापनाको सात वर्षपछि प्रदेश नं १ को नामकरण आज हुने भएको छ । अघिल्लै प्रदेशसभा कालमा छ वटा प्रदेशको नामाकरण भएपनि प्रदेश नं १ को नाममा सहमति हुन सकेको थिएन । मुख्यमन्त्री हिकमत कुमार कार्कीले प्रदेशको नामाकरणको विषयमा आज प्रदेशसभामा छलफल हुने बताए ।

कोशी नाममा माओवादी समेत सहमत भएको नेताहरूले बताएका छन् । आफूहरूले लामो समय देखि पहिचानको नाममा अडान लिए पनि निर्वाचनको जनमत त्यसतर्फ नगएको निष्कर्ष सहित माओवादी जातीय पहिचानको नामबाट पछि हट्न तयार भएको हो ।

नेकपा एसका संसदीय दलका नेता राजेन्द्र राईले चाहिँ ‘कोशी किरात’नाम प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरेको स्रोतले बताए । कोशी र कोशी किरातमा केहीबेर छलफल गर्ने तर मतदान गर्ने स्थिति आएमा कोशीमा नै मतदान गर्न माओवादीका नेताहरु सहमत भएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू