Ads

यसपाली छैन मुगुमा खाद्यान्न संकट, गोदामहरु भरिभराउ


खड्क सुनार  

मुगु । हिमाली जिल्ला मुगुमा खाद्यान्नले गोदाम भरि भराउ भएका छन् । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड कार्यालय गमगढी बजार लगायत डिपो कार्यालयहरुमा खाद्यान्नले गोदाम भरिभराउ भएका हुन । विगतका वर्षहरुममा प्राय शाखा कार्यालय सँगै डिपो कार्यालयमा चामलको अभाव हुने जिल्लामा यो पटक खाद्यान्नले  भरि भराउ भएको कार्यालयले जनाएको छ  ।

पछिल्लो समय कार्यालय र डिपो कार्यालयमा चामलको मौज्दात रहे पछि खाद्यान्न लिन आउनेको संख्या पनि वृद्धि भएको कार्यालयले जनाएको छ । जिल्लाका डिपो, बिक्री केन्द्रहरूमा चामल ढुवानीको जिम्मा पाएको खड्का निर्माण सेवाले पछिल्लो समय मुगु जिल्लाको लागि ढुवानी प्रक्रियामा सक्रियता बढाए पछि अहिले मुगुमा खाद्यान्नको अभाव बाट चुकेको छ।

बिगतका वर्षहरुमा मुगु जिल्लाको लागि हेर्दा कहिले चामल प्रदेश राजधानीमै गायब, कहिले दसैंको मुखमा चामल अभाव जस्ता समाचारहरु लेख्न र सुन्न पाईने गरेको थियो । अहिले कार्यालय सँगै डिपो कार्यालयहरुमा चामलको प्रायाप्त वृद्धि भएको खाद्य ब्यवस्था तथा ब्यायपार कम्पनि लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले बताए ।

उनका अनुसार शाखा कार्यालय गमगढीको लागि ११ हजार क्विन्टल चामल कोटा रहेको छ भने जसमा ६ हजार क्विन्टल चामल ढुवानी भई करिब ४ हजार क्विन्टल चामल बिक्रि वितरण भई सकेको र २ हजार १ सय क्विन्टल चामल मौज्दात रहेको पनि अवगत गराउनु भयो । अहिले प्रत्येक दिनमा चामल लिन दर्जनौ नागरिक आउने गरेको बताए । मुगुका पुलु र सोरुकोट डिपो कार्यालयमा पनि चामल मौज्दात रहेका छन् ।

अहिले पुलु र सोरुकोट डिपो केन्द्रमा १ सय क्विन्टल भन्दा बढि खाद्यान्न मौज्दात रहेको कार्यालय प्रमुख भामको भनाई छ । अहिले पुलु र सोरुकोट डिपो केन्दमा पर्याप्त मात्रामा खाद्यान्न रहेकाले स्थानीय विगतजस्तो अभाव नहुने उनले दाबी गरे । खत्याड गाउपालिकाको श्रीकोट डिपो केन्द्रमा भने चामल अहिले प्रायप्त मात्रा नरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू