अर्घाखाँची । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता नसकिदै रनिङ शिल्डमा भूमिकास्थान नगरपालिकाले कब्जा जमाएकाे छ ।
प्रतियाेगिता अन्तरगत भलिवल खेल चलिरहेकाे भएपनि प्राप्त अंकका आधारमा ११ अंक सहित भुमिकास्थानले शिल्ड जित्न सफल भएकाे हाे । रनिङ शिल्ड भूमिकास्थानले जित्दा ९ अंक सहित सन्धिखर्क दाेस्राे भएकाे हाे ।
यस अघि फर्जी खेलाडी विवादले प्रतियाेगिता करिव दुई दिन अवरुद्द भएकाे थियाे । फर्जी खेलाडी मिसाएकाे पुष्टि भएपछि ११ अंक सहित भूमिकास्थान भलिवल खेलबाट बाहिरिएकाे छ भने सन्धिखर्क नगरपालिकाका तर्फबाट १२ पदक प्राप्त भएकाेमा पदक जित्ने तीन खेलाडी फर्जी रहेकाे पुष्टि भएपछि सन्धिखर्ककाे ९ अंक भएकाे छ ।
सन्धिखर्कका तिन पदक खाेसिएकाेमा ८०० मिटर दाैड र १५ सय मिटर दाैड गरि दुई खेलमा दाेस्राे भएकाे शितगंगाकाे खातामा जाँदा शितगंगाले यी दुई सहित ६ अंक प्राप्त गरेकाे छ ।
त्यस्तै चार×चार सय रिले खेलमा सन्धिखर्कका तर्फबाट पदक जितेका खेलाडी फर्जी पुष्टि भएपछि उक्त खेलमा दाेस्राे भएकाे मालारानीले स्वत: पदक प्राप्त गर्दै एक अंक थपेकाे छ । छत्रदेवले एक अंक प्राप्त गर्दा पाणिनी शून्य अंकका साथ पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस्