काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बसेकी आमाको मृत्यु भएको छ भने चालक छोरा घाइते भएका छन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–९, बरमझियामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार सहिदनगर नगरपालिका–९ की ४५ वर्षीया कुमारीदेवी मण्डलको मृत्यु भएको र उनका छोरा २८ वर्षीय उदयकुमार मण्डल घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी कुमारीदेवीलाई उपचारका लागि अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ । उदयकुमारको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उनको उपचार भरहेको छ ।
हिजो बेलुका करिब ७ बजे वीरेन्द्रबजारबाट बरमझियातर्फ जाँदै गरेको प्रदेश २ ०२ ००६ प २६५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीचौकी बरमझियाले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्