Ads

धनुषामा ट्याक्टरमा माेटरसाईकल ठाेक्किदा दुईको मृत्यु


जनकपुर । लक्ष्मीनियामा ट्याक्टर र मोटरसाइकलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । जनकपुर–ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियामा गए राति भएको मोटरसाईकल दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका– ४ सपही का ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्यनारायण साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमअनुसार राति ९ बजेतिर ज १ त ५२४५ नम्बरको ट्याक्टरले ज १० प ६४२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुवै शव पोस्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा राखिएको उनले जानकारी दिए । टयाक्टर र टयाक्टर चालकलाई नियन्त्रणमा लिएर आवाश्यक कारबाही प्रक्रिया सुरु गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू