Ads

दोलखामा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते


दोलखा।‌ दोलखाको बैतेश्वर गाउँपालिका-६ नाम्दुस्थित  डाडाँगाउँमा बोलेरो दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। आज दिउँसो नाम्दुबाट मैनापोखरी जादै गरेको बा १८ च १८३९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते मध्ये ७ जानाको अवस्था गम्भीर रहेको छ ।‌  दुर्घटनामा परी घाईते भएका सबैलाई उपचारका लागि वैतेश्वर अस्पतालमा लगिएको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष अशोक तामाङले जानकारी दिए । बोलेरो बिच सडकमा पल्टिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू