Ads

सुनको मूल्य तोलाको ५ सय रुपैयाले घट्यो


काठमाडौं । नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलाको ५ सय रुपैयाले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १ हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको थियो ।

यता, बिहीबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको भाउ १२ सय २५ रुपैयाँ कायम रहेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू