Ads

फरार प्रतिवादी पक्राउ


काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक लिसंखु गाउँपालिका-४ मिजारटोल घर भई भक्तपुर सूर्यविनायक नगरपालिका-६ बस्ने ३२ वर्षीय बिनोद लामालाई पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७८ पुस २२ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र २१ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर सूर्यविनायबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पेस गरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू