Ads

एमाले राष्ट्रिय सभा दलको नेतामा देवेन्द्र दाहाल मनोनीत


काठमाडौं, । नेकपा (एमाले) ले राष्ट्रिय सभाको दलको नेतामा देवेन्द्र दाहाललाई मनोनीत गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिएका हुन् । उनले राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्नेगरी देवेन्द्र दाहाल मनोनीत भएको बताए ।

अध्यक्ष ओलीले संसदीय दलको नेतामा आफू स्वयं र उपनेतामा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई मनोनीत गरेका छन् । त्यस्तै प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् ।

उनले भने, ‘‘दलको नेतामा म आफैँ छँदैछु । उपनेतामा सुवासचन्द्र नेम्वाङ मनोनीत भएका छन् । प्रतिनिधि सभामा प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला नियुक्त भएका छन् । राष्ट्रिय सभामा दलको नेताको रुपमा काम गर्ने गरी देवेन्द्र दाहाल मनोनीत भएका छन् भने प्रमुख सचेतकमा भैरव सुन्दर श्रेष्ठ मनोनयन भएका छन् । सदनमा आफ्नो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्ने छन् ।

अध्यक्ष ओलीले राष्ट्रिय सभामा प्रमुख सचेतकमा भैरवसुन्दर श्रेष्ठलाई नियुक्त गरिएको जानकारी गराएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू