Ads

चैत्र १ गते बुधबार, तपाईको दैनिक राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा दुबिधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला, तर अरूको मुख नहेरी सही निर्णय लिन सके अवसरहरू प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन्, तर यात्रा गर्दा चाँहि दुःख पाइन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वास्थ्यमा समस्या आउँदा शरीर भारी र मन अस्थिर रहन सक्छ । मनमा चञ्चलता बढ्ने छ, तर साँझमा शुभ समाचार सुन्नमा आउला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । कला र गलाको प्रभाव बढ्ने छ । विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । रोमाञ्चक यात्रा पनि होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज स्वास्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ, तर रातो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । अग्रजहरूको सुझाव अनुसार अवसर पहिल्याउन सकिने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्ने छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । पारिवारिक सद्भाव पनि बढ्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)न्यायिक कार्यमा सफलता मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)आज शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्ने छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)आज अरूलाई प्रभावित पारेर काम बन्ने छ । चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)घरमा अतिथिको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज श्रमदान गर्ने अवसर मिल्ने छ । कुनै कुराले मनमा शान्ति छाउने छ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

Ads

सम्बन्धित पोष्टहरू