काठमाडौं । सरकारले तल्लो लिखु जलविद्युत् आयोजनालाई वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको छ ।
मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले तल्लो लिखु जलविद्युत् आयोजनाको १३२ केभी प्रसारण लाइन निर्माणको लागि वन क्षेत्र उपयोग गर्न दिने निर्णय गरेको जानकारी दिइन् ।
प्रतिक्रिया दिनुहोस्