Ads

राष्ट्रिय हेमजा आलु महोत्सव, कृषकको महोत्सव हुने


पोखरा । हेमजामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव कृषकको महोत्सव हुने भएको छ । कृषि महोत्सवको रुपमा महोत्सव आयोजना गरिएको बुधबार हेमजा एक कार्यक्रमका बिच जानकारी गराइएको हो ।

कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश प्रमुख बासु रेग्मीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कृषि ज्ञान केन्द्र कास्की प्रमुख सालिगग्राम अधिकारी र पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले महोत्सवलाई कृषकको बनाउन सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा कृषि सञ्जाल हेमजाका अध्यक्ष राजेन्द्र कार्की, सचिव कृष्ण तिमिल्सिना, चित्रनाथ पौडेल लगाएतले बोलेका थिए ।

११ औं राष्ट्रिय हेमजा आलु महोत्सवका महासचिव बसन्त कुमार श्रेष्ठले महोत्सव तयारी भइरहेको अबस्थामा अहिलेसम्म भएका गतिविधिको बारेमा उल्लेख गरे । महोत्सवमा ४० कृषि प्रदर्शनी स्टल, १५ कृषि उत्पादन बिक्री स्टल र ३५ ब्यापारीक स्टल रहने आयोजकले जनाएको छ ।

त्यस्तै १५ आलुका स्टल, २ प्राथमिक उपचार स्टल, ५ बैकिङ्ग कारोबार स्टल, ५ मनोरञ्जन स्टल र १ शैक्षिक परामर्श स्टल रहनेछन् । वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाको अध्यक्षतामा  भएको कार्यक्रमको सञ्चालन सूचना अधिकृत इश्वरि बाँस्तोलाले गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू