अर्घाखाँची । नेपालले युएईलाई हराउँदै जिम्बाबेमा हुने विश्वकपमा स्थान बनाएको खुसीयालीमा अर्घाखाँचीमा विजयोत्सव मनाइएको छ ।
नेपालले युएइलाई ९ रनले पराजित गर्दै जिम्बाबेवेको यात्रा तय गरेको खुसीयालीमा जिल्ला सदरमुकाम सन्धिखर्कमा युवाहरुले मोटरसाइकल र्याली गरेका हुन् ।
दिनभर विभिन्न ठाउँमा बसेर खेल हेरिरहेका युवाहरू खेल सकिएपछि स्वत:स्फूर्त एकीकृत भएका थिए । स्वत:स्फूर्त जम्मा भएका युवाहरूले नेपालको पक्षमा नारावाजी गर्दै बजार परिक्रमा गरेका थिए । मोटरसाइकल र्यालीमा स्थानीय जनताको स्वत:स्फूर्त सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्