काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएको छ । आज बिहान सुर्खेतका लागि उडेको बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि १५ माइल उडान भर्नेवित्तिकै बीच आकाशबाटै पुन: काठमाडौं नै फकाइएको हो ।
विमानस्थल श्रोतका अनुसार उडानका क्रममा उक्त जहाजमा समस्या देखिएपछि सिमराको आकाशबाट फर्काइएको छ । जहाजमा ६२ जना यात्रु रहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
बीच आकाशबाट फकाइएको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको छ । प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्