चितवन । हरेक वर्ष चैतेदसैंमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ । भरतपुर महानगरपालिका–२३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा मंगलबार पूजा भएपछि मेला सुरु भएको हो ।
मेला चैत २३ गतेसम्म सञ्चालन हुनेछ । मेलामा केरुङ्गा उपभोक्ता समिति र पटिहानी उपभोक्ता समितिले पूजाको व्यवस्थापन गर्ने छन् । साथै घैलाघारी सामुदायिक वनले पार्किङ व्यवस्थापनको जिम्मेवारी लिएको छ । यस वर्ष चार लाख भक्तजनले मेला भर्ने अनुमान गरिएको छ ।
केरुङ्गा मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अर्जुन भूजेलका अनुसार पूजा व्यवस्थापनका लागि २८ सदस्यीय समिति गठन गरिएको छ । मन्दिरमा पूजा गर्ने समय बिहान ६ बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिउको छ ।
प्रतिक्रिया दिनुहोस्