Ads

चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला


सिरहा । सिरहाको गोलबजारस्थित रामप्रताप रामप्रसाद तामाङ्ग जनता बहुमुखि क्याम्पसमा विद्यार्थीले गरेकोे तालाबन्दी चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि खुलेको छ।

आन्दोलनरत विद्यार्थी संगठन र क्याम्पस प्रमुख किशोर कुमार साह बिच चैत २९ गतेभित्र स्ववियु निर्वाचन गर्ने सहमति पछि ताला खुलेको हो।

विद्यार्थी संगठनहरुले स्ववियु निर्वाचनको माग गर्दै आज विहान क्याम्पस प्रमुख साहको कार्यकक्षमा ताला लगाएको थियो। जसले गर्दा नियमित भईरहेको परीक्षा प्रभावित हुने भएकाले तत्काल निर्वाचन गर्ने सहमति पछि ताला खाेलिएको वताइएको छ।

Ads

सम्बन्धित पोष्टहरू