Ads

केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्र सहज हुन्छ : चन्द्र ढकाल


काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र केन्द्रीय बैंकले केही नीति परिमार्जन गरे संकटमा रहेको अर्थतन्त्रमा सुधार हुने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशको पद हस्तान्तरण समारोहलाई सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले भने, ‘यो समयमा हामी अत्यन्त संकटमा छौ । आर्थिक संकट केही हाम्रा सरकारी नीति , कोभिड र अन्तरराष्ट्रिय घटनाक्रमका कारण उत्पन्न भएको हो । तर पछिल्ला केही समय रेमिटेन्स र पर्यटकको संख्या बढेको छ । यो समयमा सरकार र केन्द्रीय बैकले केही नीति परिमार्जन गर्ने हो भने संकट सहज हुँदै जान्छ ।’  ढकालले यो समय एकले अर्कालाई आरोप प्रत्यारोप गर्ने होईन हातेमालो गरेर संटकबाट पार लगाउनु पर्नेमा जोड दिए ।’

वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘पछिल्ला दिनमा केही परिमार्जन त भएको छ । रोजगारी सृजना गर्ने अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख एक शक्तिलाई नाफाखोरका रुपमा बुझ्नु गलत हो ।’ मधेश प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित कार्यक्रममा ढकालले नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्न तयार भएको र यसका लागि भने वातावरण बताउनु पर्नेमा जोड दिए ।

उनले वरिष्ठ उपाध्यक्षका तीनै जना उम्मेदबार योग्य र सक्षम रहेको उल्लेख गर्दै सबै प्रदेशको सहमतिको सन्देश बुझ्न आग्रह गरे। उनले भने, ‘बरु तीन बर्षबाट दुई बर्षे कार्यकाल बनाआौ । तपाईहरु तीनै जना नेतृत्वमा पुग्न सक्नु हुन्छ तर यहि अबस्थामा अघि बढ्दा दुई जना सक्षम व्यक्ति बाहिरिनु पर्ने निश्चित छ ।’ ढकालले आफ्नो कार्यकालमा सम्भव भएसम्म महासंघको प्रत्येक बैठक फरक फरक प्रदेशमा राख्ने जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू