काठमाडौं । सरकार र मिटरब्याजी पीडितका प्रतिनिधिबीच शुक्रवार भएको दोस्रो चरणको वार्ता सकिएको छ। गृह मन्त्रालयमा भएको वार्तामा पीडितका मागबारे छलफल भए पनि सहमति जुट्न नसकेको हो।
पीडितका तर्फबाट वार्ता समितिका सदस्य समेत रहेका नेसपाका नेता रामरिझन यादवले सरकारी वार्ता टोलीले मागबारे प्रधानमन्त्रीसँग छलफल गरेर पुनः वार्तामा बस्ने गरी सकिएको बताए ।
पीडितसँग वार्ताका लागि सरकारले गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । मिटरब्याजी पीडितहरू १० दिन पैदल हिँडेर चार दिनअघि काठमाडौँ आएका थिए।
सरकारले मिटर व्याजलाई अपराध घोषणा गर्दै कानुन संशोधन गरेर मिटर ब्याजीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति दिने गरी कानुन बनाउने प्रक्रिया थालिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्