काठमाडौं । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ ।
अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ ।
भिडियोले वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ । प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिङशैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन् ।
नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ ।
भिडियो लिंक :
प्रतिक्रिया दिनुहोस्